गायिका राउतलाई आइतबार झिकाएर अनुसन्धान गर्ने तयारी

माघ ४, काठमाडौँ । मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ । अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो ।आजको कान्तिपुर अनलाईनमा खवर छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १७:०४