पर्वत कांग्रेसले सिडिओमार्फत् प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

माघ ५, पर्वत । सरकारले ल्याउन लागेको सूचना प्रविधि बिद्येयकका बिरुद्ध पर्वतमा विरोध ¥याली गरिएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा कुश्मामा बिरोध ¥याली गरिएको हो । ¥यालीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी सहित महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधीहरु, जनप्रतिनिधी, भातृ तथा शुभेच्छुक संस्थाहरु सहभागी भएका थिए । उनीहरुले लेख्न र बोल्न पाउने जनताको अधिकारलाई कुण्ठित गर्ने हिसावले सरकारले सूचना प्रविधि बिद्येयकको मस्यौदा बनाएको भन्दै फिर्ता गर्न माग गरिएको हो ।

 नेपाली काँग्रेसले विद्येयक सच्चाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पार्टी कार्यालय बाट निस्किएको बिरोध जुलुस जिल्ला प्रसासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएपछि टुगिंएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले ज्ञापनपत्र पढेर सुनाएपछि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई बुझाउनुभयो । सभापति भुसालले जनताले लामो संघर्ष र लडाईबाट पाएको सूचना पाउने अधिकारलाई सरकारले वन्देज लगाउने जस्तो अलोकतान्त्रिक चरित्र देखाएको भन्दै फिर्ता गर्न माग गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले प्राप्त ज्ञापनपत्र जस्ताको तेस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।

यसैबिच सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा भन्दा बढी प्रतीक्षा गर्नु परेको थियो । लामो समयसम्म प्रतीक्षा गर्नु परेपछि आक्रोशित कार्यकर्ताहरूले प्रशासनको मूलगेटमै धर्ना दिएका थिए ।

विरोधपत्र बुझाउनको लागि नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले १२ बजेको समय माग्नु भएको थियो । मुलुकको प्रमुख प्रतिपक्षी दलले विरोध पत्र बुझाउन समय माग्दा समेत निर्धा्रित समयमा कार्यालय छोडेर बाहिर गएकोप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रजिअ घिमिरेप्रति कडा आपत्ति जनाउनुभएको थियो । ‘मुलुकको प्रमुख प्रतिपक्षी दलले समय मागेर कार्यालयमा पुग्दा प्रजिअ बाहिर जानुले हामीलाई गम्भीर बनाएको छ, प्रजिअले काँग्रेसका प्रति गरेको नजरअन्दाजको पार्टीले नोटिस गरेको छ ।’

काँग्रेस नेता जोशीले भन्नुभयो । उहाँले ओली सरकारले अपराध, भ्रष्टाचार, महंगी लगायत विभिन्न कर्ममार्फत जनतालाई धोका दिएको वताउँदै पछिल्लो पटक सूचना प्रविधि विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रताको समेत बध गर्न खोजेको भन्दै कडा भत्सर्ना गर्नुभएको थियो । काँग्रेस नेता जोशीले विधेयक नसच्चिएसम्म काँग्रेसले सङ्घर्षका अरू कार्यक्रम ल्याउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले आफु संग मागेको समयमा काँग्रेसको टोली नआएपछि बाहिर गएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०१:३२