‘परमेश्वको नाम लिँदै पाष्टरले बलात्कार गरे’

माघ ६, काठमाडौँ । गहुँ गोरो वर्ण, दुब्लो शरीर । ५ फिट तीन इन्च उचाइका ध्रुवबाबु भनिने विश्वास जोशी ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली (चर्च) मा पाष्टर हुन् ।

तर एक सातादेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका उनीमाथि शिष्यलाई बलात्कार गरेको आरोप छ ।

ललितपुर प्रहरीको मुद्दा शाखाका डीएसपी सन्तोष तामाङका अनुसार अदालतबाट म्याद थपेर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा छालासम्बन्धी रोग निको पारिदिने भन्दै पाष्टरले बलात्कार गरेको हुनसक्ने देखिएको उनी बताउँछन् । अरु पनि जोशीबाट पीडित भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाइएको उनले सुनाए ।अनलाईन खवरवाट साभार

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०१:३७