विश्व हिन्दू महासंघमा पर्वतका ४ जना मनोनित

माघ ६, पर्वत । विश्व हिन्दू महासंघ गण्डकी प्रदेश र केन्द्रिय समितिमा पर्वतका ४ जना चयन हुनुभएको छ । कास्कीको पोखरामा आईतवार भएको कार्यक्रमबाट केन्द्रिय सदस्यमा मानकुमारी गिरी चयन हुनुभएको छ भने गण्डकी प्रदेशको सदस्यमा जगत सापकोटा, युवनाथ गौडेल रेग्मी र कमलकान्त पौडेल चयन हुनुभएको प्रदेश सदस्य जगत सापकोटाले जानकारी दिनुभयो । विश्व हिन्दु महासँघ हिन्दू धर्मको संरक्षण गर्दै हिन्दु परम्पराहरुलाई बचाईराख्नका लागि स्थापना भएको संस्था हो ।

हिन्दु धर्मको दर्शनमा भएका कुराहरुलाई यथोचित रुपमा प्रयोग गर्दै समाज बदल्न सकिन्छ भन्ने सोचका साथ महासंघको जन्म भएको हो । संस्थाले हिन्दु धर्मावलम्बीहरुले पूजाआजा गर्ने तथा मान्ने देवीदेवताहरुको प्रचारप्रसार गर्दै हिन्दु धर्ममा रहेका दार्शनिक कुराहरुलाई बाहिर ल्याउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०२:०८