नेपाल रेडक्रस सोसाईटी देउपूर तिलाहार उपशाखाको सभापतिमा  :दिपेन्द्र लामिछाने

माघ ६, पर्वत । नेपाल रेडक्रस सोसाईटी देउपूर तिलाहार उपशाखाको अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले दिपेन्द्र लामिछानेलाई सभापतीमा चयन गरेको छ ।

महिला उपसभापतीमा दुर्गादेबी शर्मा, सचिवमा देवराज गिरी, कोषाध्यक्षमा कुलवहादुर क्षेत्री, उपसचिवमा महेशकुमार शर्मा र उपकोषाध्यक्षमा देबेन्द्र ठकुरी चयन हुनुभएको छ । सदस्यहरुमा सुसिलाकुमारी शर्मा, नारायणप्रसाद गौतम, रामचन्द्र शर्मा, लोकेन्द्रजंग लामिछाने र लक्ष्मी गिरी चयन हुनुभएको छ । सर्वसम्मतका आधारमा समिति चयन भएको जनाईएको छ ।

ओमवहादुर घर्ती क्षेत्रीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापती रुद्रवहादुर रिमालले मानव सेवालाई परमधर्म मान्दै आएको रेडक्रसले आफ्नो छवीलाई थप उचाईमा पु¥याउन रेडक्रसकर्मीहरुले असल काम गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले विभिन्न वाहनामा नाफा आर्जन गर्ने र नाम कमाउने नाममा संस्था खोल्ने परिपार्टी भएपनि रेडक्रस भने अविछिन्न सेवा गर्ने उदेश्यले सञ्चालन गरिएको अन्तराष्ट्रिय रुपमा खोलिएको संस्था भएकाले यसको गरिमा उचो रहेको दाबी गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी देउपूर तिलाहार उपशाखाको सभापतिमा :दिपेन्द्र लामिछानेनेपाल रेडक्रस सोसाईटीले जिल्ला,प्रदेश, संघ लगायत सबै निकायमा रहेका रेडक्रसको अधिबेशन माघ २० भित्रमा सम्पन्न गर्ने तयारी गरेको छ । पर्वतमा रहेका सबै उपशाखाको अधिबेशन सम्पन्न भई जिल्ला अधिबेशनका लागि प्रतिनिधी सिफारिस भैसकेको जनाईएको छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०२:१२