अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको ओजीमा कठिनाइ

गण्डमी संचार । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा ९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ । -रासस

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०२:२०