गायक आरसी पौडेल जन्मगाउँमा  सम्मानित

पर्वत । लोकदोहोरी गायक रामचन्द्र पौडेल ‘आरसी’ जन्मगाउँ दुर्लुङमा सम्मानित भएका छन् । गण्डकी प्रदेशको द्धितिय उपाध्याक्ष भएपछि पहिलो पटक गाउँ पुगेका पौडेललाई स्थानीयले एक कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाएर फुल माया सहित प्रशंसापत्रले सम्मान गरेका हुन् ।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका गायक एक दर्शकदेखी लोक साँगितिक क्षेत्रमा क्रियाशिल छन् । उनले दुर्लुङ गाउँलाई समेटेर केही महिना अगडी पञ्चेबाजामा आधारित ‘पर्वते राजा’ बोलको गित बजारमा ल्याएका थिए । कलाकारीताको क्षेत्रवाट दुर्लुङको पहिचान र गरिमालाई बढाएको भन्दै स्थानीयले सम्मान गरेको बताएका छन् ।

सम्मान पश्चात गण्डकी संचारसँग कुराकानी गदै पौडेलले आफ्नो जन्मगाउँमा आफ्नो समाजवाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताउँदै आगामी दिनमा कलाकारिताको क्षेत्रवाट आफ्नो गाउँलाई अझै चिनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १८:१५