भारतीय बन्दगरगाहमा थन्कियो ३० हजार टन पामआयल

माघ ७, काठमाडौँ । मलेसियाबाट भित्रिएको ३० हजार टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ ।

भारतले मलेसियालगायतका देशबाट आयात भइरहेको पाम आयल आयातमा यही ८ जनवरीदेखि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतको यस्तो निर्णयसँगै नेपाललगायतका देशहरू प्रभावित भएका छन् । तर, प्रतिबन्ध घोषणापूर्व नै मलेसियाबाट भारत आइपुगेको ३० हजार टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको पाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, मलेसियाको रिफाइन्ड आयलले भारतको प्रतिबन्ध घोषणापूर्व नै जहाजमार्फत भित्राएको पाम आयल बन्दरगाहमा फसेको हो ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०४:०८