१५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब नाफा कमाउनु स्वभाविक : अर्थमन्त्री

माघ ७, काठमाडौँ  । अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । १५ अर्ब पूँजी भएका बैंकले २(३ अर्ब रुपैयाँ नाफा कमाउनु स्वभाविक नभएको उनले बताए ।

कृषि विकास बैंकको ५३ औं वाषिर्कोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताए ।

‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाडनु पर्‍यो भनेपनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्‍यो, बैंकको नाफा २ अर्ब भएपछि व्यवसायीक साथिहरुलाई आँखा लाग्छ, ओहो १ २(२ अर्ब नाफा, ३(३ अर्ब नफा ४(४ अर्ब नाफा भन्ने अनि पूँजी कति छ हिसाब नगरिदिने रु’ उनले भने ।

उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने उनको भनाइ छ ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:००