राजपासँग उपसभामुखमा भिड्नेबारे कांग्रेसको यस्तो छ रणनिति

माघ ७, काठमाडौँ । सभामुख र उपसभामुखबारे छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकमा केही नेताले सभामुखमा उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

जवाफमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिँदा कांग्रेसले उपसभामुख पाउने सम्भावना सकिने बताएका थिए । अन्ततः सभापति देउवाको भनाइमा सहमत भएपछि कार्यसमितिले सभामुखका लागि उम्मेदवारी नदिने निर्णय गर्‍यो ।

तर, उसपभामुखको प्रश्नमा नि ?

सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेपछि उपसभामुख आफूले लिन कांग्रेसले प्रयत्न गर्नु स्वाभाविकै हो । तर, राजपा सांसद लक्ष्मणलाल कर्ण सभामुखमा सापकोटाको समर्थक बनेपछि राजपाले नै उपसभामुख पाउने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका छन् । सभार : अनलाईन खवरवाट

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:०८