किन पटक–पटक ठगिन्छन्  मिल मालिकबाट उखु किसान ?

माघ ७, काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् ।

उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने भनि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भएको थियो । सम्झौताको पहिलो बुँदामा ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने भनि उल्लेख छ । सो सहमतिपछि किसानहरु आन्दोलन स्थगित गरेर मधेस फर्किएको भएपनि किसानले भने प्रतिवद्धताअनुसार भुक्तानी पाउन नसकेका हुन् ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:२६