गण्डकीका ११ जिल्लामा ४४ पर्यटकीय गन्तव्य : १७ करोड ६० लाख खर्च गर्ने

माघ ७, पोखरा । गण्डकी प्रदेश सरकारले ११ जिल्लामा ४४ पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ । ११ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको योजना छ । यसका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रत्येक जिल्लाबाट प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वका १ सय १० पर्यटकीय गन्तव्यहरू छनोट गरिसकेको छ ।

त्यहीँबाट प्रत्येक जिल्लामा कम्तीमा चारवटा पर्ने गरी ४४ स्थान छनोट गरिने भएको हो । प्रत्येक स्थानका लागि ४० लाखका दरले प्रदेश सरकारले अनुदानसमेत दिने निर्णय गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । यसमा प्रदेश सरकारले १७ करोड ६० लाख बजेट छुट्याएको छ । मन्त्रिपरिषद् बैठकले पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकास कार्यविधि ०७६ समेत स्वीकृत गरेको उनले जानकारी दिए । नयाँ पत्रिकावाट

जिल्लागत रूपमा छनोट भएका १०–१० प्रमुख पर्यटकीय गन्तव्यहरू

मुस्ताङ : लोमान्थाङ, मुक्तिनाथ मन्दिर, लो–घेकर गुम्बा, धौलागिरि आइसफल, कागबेनी, दामोदर कुण्ड, जोमसोम गाउँ, कुछप तेरेंगा गुम्बा, टिटी ताल, लियोपाड केभ ।

म्याग्दी : गलेश्वरधाम, धौलागिरि बेसक्याम्प–हिमाल, धौलागिरि आइसफल, पुनहिल–घोरेपानी, मालिका धुरी, पुला ढोलठाना–टोड्के धुरी, रुप्से छहरा–अन्ध गल्छी, तातोपानी कुण्ड, खोप्रा लेक र पुलस्त्याश्रम–जगन्नाथ मन्दिर ।

बाग्लुङ : पञ्चकोट–शालिग्राम संग्रहालय तथा रङवेकटेस मन्दिर, ढोरपाटन, बाग्लुङ कालिका भगवती मन्दिर, जैमिनी धाम–गाईथुने–माईस्थान तथा हाँडीकोट, रुद्र ताल, भैरवस्थान मन्दिर तथा भकुन्डे, घुम्टे धुरी क्षेत्र, बिहुँकोट शिवालय शिवधुरी भुलेनी क्षेत्र, सत्यवती मन्दिर र गाईघाट झरना ।

पर्वत : भमरकोट माटे–जलजला–हम्पाल–कालान्जर, पञ्चासे पञ्चधाम धार्मिक क्षेत्र, डहरे नीलकण्ठ पर्वत–प्राकृतिक टावर, चिसापानी कालिका र सूर्यास्तको दृश्य, महाशिला, सेतीवेणी शालिग्राम शिला, कुश्मा मोदीवेणी क्षेत्र, पैयुँकोट मन्दिर, बन्जिजम्प स्काई साइक्लिङ र साहसिस पिङ, महभिर छहरा आरोहण क्यानोनिङ ।

स्याङ्जा : सिरुबारी, साल्मेडाँडार नुवाकोट काला भैरव मन्दिर, सतौ चण्डी मन्दिर, आलमदेवी मन्दिर, छायाक्षेत्र मन्दिर, राम्दीधाम, कालिगण्डकी उच्च बाँध, स्वरेक मैदान स्वरेक कोट र गुफा, अन्धा अन्धी, गह्रौँकालिका ।

कास्की : फेवाताल–तालबाराही मन्दिर, विश्वशान्ति स्तुपा, पातले छाँगो, गुफाहरू ९गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति०, विन्ध्यवासिनी मन्दिर, अन्नपूर्ण बेसक्याम्प, सराङकोट, बेगनास ताल, रूपा तथा अन्य तालहरू, काहुँडाँडा, कोटहरू ९रूपा, पुम्दी, कास्की, स्यालुङ र ठुला० ।

लमजुङ : लमजुङ दरबार–गाउँसहर, घलेगाउँ, घनपोखरा, राइनासकोट, इलमपोखरी, सिउरुङ, भुजुङ, करापुटार–इशानेश्वर महादेव, काउलेपानी, दूधपोखरी ।

मनाङ : तिब्बती खम्पाको बंकर, गंगापूर्ण ताल, छो–कर्णताल, कांगला पास पदयात्रा, पंकर ताल, डोना ताल, तिलिचो ताल, थोन्चे लार्के पदयात्रा, अन्नपूर्ण हिमाल, थोरङ्लापास ।

गोरखा : गोरखा दरबार–संग्रहालय, मनकामना मन्दिर–केबलकार, छेकम्पार, बारपाक–लारपाक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका–गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल–संरक्षण क्षेत्र ।

तनहुँ : बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिलुङकोट, देवघाटधाम, ढोरबाराही, छाब्दीबाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थान–घाँसी कुवा, ढोरबाराही मन्दिर, आधिमूलबाराही, तनहुँसुर ।

नवलपुर : मौलाकालिका मन्दिर, कैलाश सन्न्यास आश्रम, शाश्वतधाम, कामधेनु क्षेत्र, अकलादेवी मन्दिर, गजेन्द्रमोक्ष धाम, देवचुली तथा बरचुली डाँडा, दाउन्नेदेवी मन्दिर, मध्यबिन्दु, ल्होसोधारा बाबाधाम मन्दिर ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:५०