रुपन्देहीका वन कार्यालयका प्रमुख ५ हजार घुससहित पक्राउ

माघ ८, पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनलाई बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०८:३१