आस्था राउत प्रकरणमा प्रहरी किन पछि हट्यो

माघ ८, पर्वत । गायिका आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत देखिएको छ । राउतले गल्ती गरेको निष्कर्ष निस्किए पनि पक्राउ गरेर अनुसन्धान लम्ब्याइराख्नु पर्ने स्थिति नरहेको प्रहरीले बताएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले कानूनी प्रक्रिया पूरा गर्नै पर्ने भए पनि लचक हुनसक्ने ठाउँ रहेको बताए ।

विमानस्थलमा पक्राउ पर्छिन्, पर्दिनन् भन्ने कुरा चाहिँ अहिले भन्न सकिने विषय होइन’, उनले भने, ‘पीडितलाई न्यायको चाँडो अनुभूति गराउन हामीले पक्राउमा हतार गर्ने हो । तर, त्यो कसुर अनुसार हुन्छ ।’

भारतको सिक्किममा आयोजित एक सांगीतिक कार्यक्रम सहभागी हुन जाने क्रममा राउत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । काठमाडौं–चन्द्रगढी उडान अघि सुरक्षा जाँचका क्रममा उनको प्रहरी जवान रमिला श्रेष्ठसँग विवाद भएको थियो ।

आस्था राउत प्रकरणमा प्रहरी किन पछि हट्यो त्यसपछि फेसबुक लाइभ गरेर अपशब्द बोलेका कारण राउतको आलोचना भएको थियो । प्रहरीले पनि कारबाही गर्ने तयारी गरेको थियो । अनलाईन खवरवाट सभार

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०८:४०