प्रधानमन्त्रीको निम्तो : मोदी नेपाल आउन तयार

माघ ८, पर्वत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष (आगामी पुसभित्र) नेपाल भ्रमण गर्ने बताएका छन् । विराटनगरमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटनपछि भिडियो कन्फरेन्सलाई मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा सम्झाए । मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको जवाफ दिए । नेपालले २० देखि २२ सम्म गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम र आगामी वैशाख २५ गते बुद्ध जयन्तीमध्ये एक अवसरमा मोदीको भ्रमण गराउने इच्छा व्यक्त गरेको छ ।

‘भारतका प्रधानमन्त्रीज्यूलाई नेपाल भ्रमणका लागि स्ट्यान्डबाई निमन्त्रणा छ । उहाँले २०२० भित्र आउने भन्नुभएको छ । उहाँले सगरमाथा संवाद र वैशाख पूर्णिमामध्ये एउटा अवसरमा भ्रमण गरिदिनुभयो भने राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराइले नयाँ पत्रिकासँग भने, ‘यसबाहेक उहाँको अनुकूल कुनै पनि समयमा स्वागत गर्न नेपाल सरकार प्रतिक्षारत छ । कूटनीतिक च्यानलमार्पmत उहाँको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले कुराकानी गर्नेछ ।’

भट्टराईको बुझाइमा जलवायु परिवर्तनको विषय नेपाल र भारतको साझा भएकोले मोदीले त्यससम्बन्धी सगरमाथा संवादमा सहभागी जनाइदिए प्रभावकारी हुने विश्लेषण नेपालको छ । नयाँ पत्रिकावाट

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०९:१३