पशुपतिशमशेर जबराले सरकारलाई लगाए यति ठुलो आरोप

माघ ८, पर्वत । राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर जबराले नेकपा नेतृत्वको सरकारले पद बाँड्नमै समय बिताएको आरोप लगाएका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले मुलुकको विकासमा सरकारको ध्यान नगएको दाबी गरे । अरूको कारण नभई सरकारले आफ्नै कारण समय खेर फालेको उनको जिकिर छ ।

उनले भने, ‘सरकारले भारी बहुमतको सदुपयोग गरेको देखिएकै छैन । अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिए । तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गर्‍यो ।’ उनले राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्न सुझाबसमेत दिए । उनले भने, ‘कुनै पनि सहयोग, अनुदान लिँदा आफ्नो देशको हित र स्वार्थ हेर्नुपर्छ, अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दै छ । हिन्दूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ ।’ साभार : नयाँ पत्रिकाबाट

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०९:१९