साँसद मनाङ्गेको दिन फेरियो स्वाभाव फेरिएन

माघ ८, पर्वत । नेपालीमा एउटा उखान छ, केजातीको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि बाङ्गाको बाङ्दै । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेमाथि यही उखान चरितार्थ भएको छ । सोमबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकर्ता पङ्तिलाई ‘कसैलाई पनि तँ नभन्न’ उर्दी जारी गरेका थिए । त्यसको भोलिपल्ट नेकपाकै सांसद दिपक मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका छन् ।

पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेका बेला मनाङ्गेले गुरुङमाथि हात उठाएका हुन् । हातपातपछि मनाङेले एन्फामा भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिता माघ ५ गतेबाट सुरु हुने तालिका थियो । तर एन्फाले निरन्तर वषरको कारण देखाउँदै माघ ७ गते दिउँसो १ बजेलाई सारेको थियो ।

प्रदेश सांसद मनाङ्गे उद्घाटनको केही समयअघि कार्यक्रमस्थल पुगेका थिए । त्यहाँ पुगेपछि सीधै उनी गुरुङसँग बाझ्न थाले । त्यही क्रममा उनले गुरुङमाथि हात हालेको प्रत्यक्षदर्शीहरु बताउँछन् । कुटपिटपछि उनी मञ्चमा गएनन् र प्यारापिटबाटै फर्किए ।

प्रतियोगिताका लागि मनाङबाट डाँफे लालीगँरास युवा क्लबलाई माघ १ गते नै पोखरा आएको थियो । ४ गते हुने खेलका लागि १ गते नै पोखरा आएको टोलीको आवास तथा यायायातको सुविधा नमिलाएको र खेल मिति सारिँदा पनि जानकारी नदिएको भन्दै एन्फा मनाङको टोली आयोजकसँग रुष्ट छन् ।साभार : अनलाईन खवर

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १५:२७