सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

माघ ८, पर्वत । सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् ।

सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि द्वन्द्वकालीन समयमा व्यक्ति हत्याको आरोपी भन्दै विरोध भइरहँदा बुधबार दाहालको उक्त भनाइ आएको हो। दाहालले सभामुखका एकल उम्मेदवार सापकोटाको विषयमा आन्दोलन गरेर दुःख नगर्न आग्रह गरेका हुन्।

खुमलटारस्थित निवासमा दाहालले सभामुखमा सापकोटालाई प्रतिपक्ष र सत्तापक्षले स्वीकार गरेको बताएका हुन्। ुसिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न,ु उनको आग्रह थियो। ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिइसक्यो। अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा,’ दाहालले भने।

नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा उक्त विषयमा आन्दोलन आवश्यक नभएको दाहालको भनाइ थियो। साभार : कान्तिपुर दैनिकवाट

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १७:१४