टिपरले किचेर ‘हत्या’ प्रकरणमा चार पक्राउ

माघ ८, पर्वत । मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतोलाई टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय औरही खोलामा अवैध रूपमा भइरहेको बालुवा र गिटी उत्खननको विरोध गर्दा मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको मृतका आफन्तको दाबी छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपरचालक महोतरी बर्दीवासका ३४ वर्षीय मुनीन्द्र महतो, लोडरचालक बर्दीवासकै २२ वर्षीय जितेन्द्रकुमार महतो, चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र दिलीपसँगै घटनास्थलमा गएका रोशन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई प्रहरीले शनिबार राति सार्वजनिक गरेको छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:०३