सांसद मनाङे विरुद्ध प्रहरीमा उजुरी, कारबाही होला ?

माघ ८, पर्वत । कुटाइ खाएका जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङले मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

उनले आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै जाहेरी दिएका हुन्। कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जाहेरी परेको पुष्टि गरे।

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) लेमंगलबारकास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:३२