नेकपावाट निर्वाचित तिलागुफाकी उपमेयर अमेरिकामै लुकिन्

माघ, ९, पर्वत । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् ।

तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ ।दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।माओवादी केन्द्रबाट कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयरकी उम्मेदवार दन्ता नेपाली ‘दर्शना’ सबै भन्दा कम उमेरको उपमेयर हुन् । दर्शना अखिल क्रान्तिकारीको नेता समेत हुन ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०८:४८