माघ ९, पर्र्वत । काठमाडौं महानगरपालिकाले विकास बजेट बैंकमा राखेर ब्याज खाने नीतिलाई निरन्तरता दिएको छ । महानगरले केही वर्ष अघिदेखि विकास खर्च मुद्दति निक्षेपमा राखेर ब्याज खाने गरेको हो ।
महानगरपालिकाको ५ अर्ब रुपैयाँ अहिले पनि नगद मौज्दातमा रहेको महानगरका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको १ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राखिएको छ ।
महानगरले ब्याजको लागि साधारण निक्षेपमा पनि रकम राख्ने गरेको छ । ब्याजबाट भएको आम्दानी खर्च गर्ने योजना भने बनाएको छैन । ब्याज आम्दानी नदेखाइने भएकाले केही कर्मचारी र जनप्रतिनिधिले खाने गरेको आरोप पनि लाग्ने गरेको छ ।
प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०८:५४