नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै, सूचाकांकमा ३४ अंकसहित ११३औं स्थानमा

माघ ९, पर्वत । विश्वका बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ११३ औं स्थानमा रहेको एक तथ्यांकले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क९सीपीआइ० अनुसार नेपाल ३४ अंकसहित ११३ स्थानमा रहेको देखाएको हो।

विगत १ वर्षमा ९सन् २०१८र१९० विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा नेपाललाई १०० मा ३४ अङ्क दिइएको हो। गत वर्ष नेपाल ३१ अंकसहित नेपाल १२४औं स्थानमा थियो।

नेपालमा सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको छ।

तर सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गंभीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसकारण सुचकाङ्कमा केही सुधारका बावजुद पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको विज्ञप्तिमा जनाइएको छ। भ्रष्टाचार निवारण सम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देखिएको छैन। यद्यपि अघिल्लो वर्ष भन्दा अंक बढाएको छ । आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०९:२५