छटौँ पर्वत महोत्सवको भव्य उद्घाटन

माघ ९, पर्वत । पर्वतको कुश्माबजारमा बिहिवारबाट गण्डकी प्रदेश स्तरिय छैठौँ पर्वत महोत्सव शुरु भएको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरु भएको हो । स्थानीय उत्पादनको प्रसारप्रसार बजारीकरणमा सहयोग गर्न तथा जिल्लाका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले महोत्सवको उद्घाटन गर्नुभयो ।

 महोत्सव उदघाटन गर्दै तिमिल्सीनाले आर्थिक समृद्धिका लागि लगानी गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सरकारले मात्रै समृद्धिका लागि काम गरेर देश समृद्ध नबन्ने बताउँदै तिमिल्सीनाले नीजि क्षेत्रले लगानी गरेर उद्योग, कलकारखाना खोल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्षलाई सफल बनाउन मेला र महोत्सवले पुलको काम गर्ने पनि उहाँले बताउनुभयो ।  तिमिल्सीनाले मेला महोत्सव मनोरन्जनका रुपमा मात्रै आयोजना नगरि जिल्लाको फाईदाका लागि आयोजना हुनुपर्नेेमा जोड दिनुभयो । उहाँले पर्वत जिल्ला पर्यटकको राम्रो संभवना बोकेको जिल्ला भएको भन्दै पर्वतलाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघिय साँसद पदम गिरीले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै महोत्सवले जिल्लाको पहिचान विश्वभर पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले देखाएको आर्थिक् समृद्धिको सपना पुरा नगरेको भन्दै जनताले सरकारको विश्वास गर्नैे छोडेको बताउनुभयो । अव सरकारको भर नपरि आफैँ उद्यमका क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । महोत्सव माघ १९ गतेसम्म जारी रहनेछ ।

महोत्सवमा ३० ओटा निशुल्क, १ सय ३० ओटा व्यवसायिक, १५ ओटा होटल र प्रयोजक १० ओटा गरि १८५ वटा स्टलहरु रहेका छन् । महोत्सव आर्थिक समितिका संयोजक गोपी अधिकारीले महोत्सवबाट झण्डै डेढ करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।

प्रयोजकहरुबाट मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँ आम्दानी हुने अधिकारीले बताउनुभयो । महोत्सवको मुल समारोह शुरु हुनु अघि बिभिन्न झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रम उद्योग बाणिज्य सघं पर्बतका अध्यक्ष तथा महोत्सब मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता तथा उद्योग बाणिज्य सघं पर्बतका महासचिब गणेश लामिछानकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १४:५४