पहिलो पाईला नेपालद्धारा स्याङजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

माघ ९, पर्वत । पहिलो पाईला नेपालले यहाँका गरिव तथा विपिन्न समुदायका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  सामजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको पहिलो पाईलाले स्याङजाको पुतली बजार ७ नम्वर ठुलाहिडीमा अवस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री सहित झोला वितरण गरेको हो । शैक्षिक सामग्रीको अभावका कारण विद्यालय जान बञ्चित तथा आर्थिक अभावका  कारण समस्यामा परेको ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पहिलो पाईला नेपालका सन्दिप सापकोटाले जानकारी दिए । झोलाको पछाडी ‘भाग्य बोक्ने झोला’ नामाकरण गरिएको छ । स्टेशनरी सामग्री पाएपछि स्थानीय विद्यार्थी हर्षित भएका थिए ।

पहिलो पाईलाले स्याङजा सहित अन्य जिल्लाका दुर्गम ठाउँमा झोला वितरण गर्ने लक्ष्य राखेको छ । ‘हाम्रो लक्ष्य सरकारी निकाय र संघसंस्था सँग प्रतिस्पर्धा गर्नु होईन सापकोटाले भने,‘सम्मुन्नत राष्ट्र निर्माणका महत्वपूर्ण आधार भनेकै शिक्षा हो, शिक्षालाई सबैको पहुँचमा पु¥याउनु हाम्रो दायित्व हो ।’ बिकासको पुर्वाधार सँगै सरकारले पनि शिक्षालाई जोड दिएको छ । तर, कतिपय स्थानिय तहले शिक्षामा छुट्याएको बजेट अन्यत्र परिचालित गरिएको पाईन्छ, सापकोटाले गण्डकी संचार सँग भने, ‘स्थानीय तहले शिक्षालाई हेर्ने दृष्ट्रिकोण फरक छ । तर, हामी शिक्षालाई परिवर्तनको संवाहक ठान्छौँ । स्थानिय निकायलाई दवाव दिदै सामाजिक उत्तरदायित्व निर्बाह गर्ने उद्देश्यले पहिलो पाईला नेपालले देशभर शैक्षिक सामग्री र झोला वितरण गरिएको उनको भनाई छ ।

साथै पाईला नेपालले स्याङजा भएको कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न अहोरात्र खट्नुहुने पहिलो पाईला नेपाल पोखरा शाखाका समस्त पदाधिकारी तथा सदस्य र कार्यक्रम संयोजक शिला तिमिल्सिना लगायत  सहयोगी दाता र कार्यक्रममा उपस्थिती सम्पूर्णलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १५:३७