मोदी ईनर्जी प्रालीको दादागिरी : बिना जानकारी खेतीयोग्य जमिनमा हाईटेन्सन लाईन विस्तार

गण्डकी संचार । पर्वतमा निर्माणाधिन २० मेगावट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाले खेतीयोग्य जमिनमा हाईटेन्सन लाईन राखेको भन्दै कुश्मा नगरपालिका ८ चुवा परादीका बासिन्दाहरुले बिरोध गरेका छन् ।

तल्लो मोदी आयोजना निर्माण गरिरहेको मोदी ईनर्जी प्रालीले मार्फत परादीमा स्थानीय संग सरसल्लाह नगरि हाईटेन्सन लाईन बिस्तार गरेको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीयले सल्लाह नगरिकन आफ्नो नीजि जग्गामा लाईन विस्तार गरेको भन्दै तुरुन्त सार्न माग गरेका हुन् ।

नजिकै बस्ती र घडेरी भएको ठाउँमा कस्को आदेशमा टावर बनाईएको भन्ने बारेमा थाहा नभएको स्थानीय विश्वमित्र केसीले बताउनुभयो । विस्तार भईसकेको लाईन नहटाए आयोजनाको काम रोक्ने केसीले चेतावनी दिनुभएको छ ।  उच्च विद्युत प्रवाह हुने प्रशारण लाईन विस्तार खेतीयोग्य जमिनमा माथि छ ।

खेतीयोग्य जमिनमाथी प्रसारण लाईन पर्दा ९ आना जमिन माटोमा परिणत हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । लाईन विस्तार गर्नुअघि जग्गाको मुआव्जा समेत नदिईएको बताएका छन् । स्थानीय धुव्रराज क्षेत्रीले आयोजनाले मनपरि गर्न थालेको भन्दै प्रसासनको पनि ध्यानाकर्षण गराएको बताउनुभयो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १८:१८