पर्वत महोत्सवको आकर्षक ‘आई लभ पर्वत’ (फोटो फिचर)

माघ १०, पर्वत । बिहिबारबाट शुरु भएको समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवमा ‘आई लभ पर्वत’ नामक काठको तस्बीर अंकित ठाउँमा फोटो खिच्नेहरुको भिड नै लागेको छ । महोत्सब अबलोकनको लागि आएका सम्पुर्ण दर्शकहरुको अहिले उक्तm स्थान रोजाईमा पर्न थालेको हो ।

शुक्रबार मात्र महोत्सब अबलोकनको लागि फलेबास नगरपालिकाबाट महोत्सब स्थल आएका दिनेश लामिछानेले पछाडि हिमालको दृष्य कैद हुने गरी राखिएको ‘आई लभ पर्वत’
नामक काठको तस्बीरमा आफुले पनि फोटो खिच्नकै लागि आएको बताउनुभयो । उहाँले त्यहाँ फोटो खिच्नेहरुको भिडभाडका कारण केहि बेर बसेर भएपनि फोटो खिचेको बताउनुभयो । उहाँ मात्र होईन अहिले महोत्सबमा आउने धेरै दर्शकहरुको रोजाईमा परेको छ उक्तm तस्बीर । पर्बत महोत्सबको आर्कषकको रुपमा हेरिएको ‘आई लभ पर्वत’ नामक काठको तस्बीर फोटो ग्राफर संघ पर्बतका संस्थापक अध्यक्ष राजन गुरुङको डिजाईनमा बनेको हो ।

उहाँले पर्बत बासी तथा महोत्सब अबलोकन को लागि आउने दर्शकहरुलाई पर्बतको मायाको झल्को दिने गरी काठको तस्बीर राखिएको बताउनुभयो । उक्त तस्बीर पर्बतमै बनाईएको हो । गत बर्षका महोत्सबहरुमा अष्ट्रिज संग फोटो खिचेका पर्बत बासीहरुले अहिले भने पर्बतकै पहिचान संग रमाउन पाउन भनी यस्तो तस्बीर राखिएको महोत्सबका प्रचार संयोजक तथा पर्बत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । उहाँले उद्योग बाणिज्य संघले पर्बतको प्रर्बद्धनको लागि पर्बतलाई चिनाउने र पर्बतको झल्को दिने गरी उक्त तस्बीर राखिएको

बताउनुभयो ।


प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १६:५८