गुराँस लाईफ इन्स्योरेन्सद्धारा घरमै पुगेर मृत्युदाबी भुक्तानी

माघ १०, पर्वत । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ वटा परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । पर्वतको जलजला गाउँपालिका ९ का स्वर्गिय रामवहादुर फगामी पुन मगर र मोदी गाउँपालिका ७ राम्जादेउरालीका उदयबहादुर क्षेत्रीका परिवारलाई शुक्रवार मृत्युदाबी भुक्तानी गरिएको हो ।

मगरकी श्रीमती यामकुमारी पुन लाई १४ लाख रुपैयाँ र क्षेत्रीका श्रीमती पार्वती क्षेत्रीलाई मृत्युदावी वापत १४ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख बाबुराम पौडेल, मार्केटिङ प्रमुख श्यामप्रसाद तिमिल्सीना , धौलागिरी प्रमुख विष्णुप्रसाद तिवारीले चेक हस्तान्तरण गर्नुभयो ।

२०७३ साल चैत्र २९ गते साउदी पुगेका मगरको यसै वर्षको साउन २५ मा मृत्यु भएको थियो । राम्जाका क्षेत्रीको २०७६ कार्तिक १२ गते कतारमा मृत्यु भएको थियो । स्वर्गिय मगर र क्षेत्रीले बैदेशिक रोजगारी म्यादी जीवन वीमा गरेको जनाईएको छ । मृत्यु दाबी भुक्तानी गर्दै क्षेत्रीय प्रमुख बाबुराम पौडेलले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वीमितहरुलाई मृत्युदाबी भुक्तानी सहज रुपमा र बढि झण्झट विना भुक्तानी गर्दै आएको दाबी गर्नुभयो ।

बीमा गरेमा भविष्यमा हुने जुनसुकै जोखिममा सहज हुने भएकाले बीमा गर्नु अनिवार्य जस्तै रहेको पौडेलले बताउनुभयो ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १७:०९