गृहमन्त्री थापाको कडा अभिव्यक्ति : एमसीसीका प्रावधान अमिल्दा छन्, सार्वभौमिकता कुण्ठित गरेर पास गर्नु हुन्न

माघ १०, पर्वत । गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने बताएका छन् । एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री थापाले त्यसका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका हुन् ।उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने पनि बताए ।

‘एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ,’ सुर्खेतमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले भने, ‘तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ ।’

अमेरिकी राजदूतावासले एमसिसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेकाले यसमा विवाद गरिराख्न जरुरी नरहेको उनले बताए । गृहमन्त्री थापाले एमसीसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिए ।साभार अनलाईन खवरवाट

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०५:२९