चिकित्सक भन्छन्  : कोरोना भाइरसबाट डराउनु पर्दैन

माघ ११, पर्वत । चीनमा फैलिएको कोरोना भाइरसबारे नेपालमा डराउनुपर्ने अवस्था नरहेको बताइएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । ‘कोरोना भाइरस अध्ययनको विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छन्। तर धेरै भयावह स्थिति छैन’ श्रेष्ठले भने । श्रेष्ठले चीनमा कोरोना भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए ।

चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ। साभार-अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १२:५३