भागबण्डामा कुरा मिलेन, मुलुक सञ्चालनमा सहकार्य गर्ने सहमति

नाम ११, पर्वत । विश्व बिद्यालयका पदाधिकारी नियुक्तिका विषयमा सहमति नजुटेपनि अबदेखि मुलुक सञ्चालन र राष्ट्रिय महत्वका मुद्धाहरुका विषयमा साझा सहमति र सहकार्यबाट मात्रै अगाडी बढ्न तिन नेता सहमति भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच शनिबार बिहान बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भएको हो । छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।

उहाँले राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो र संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको बताउनुभयो ।

छलफलमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न सकेन । पदाधिकारी विहीन ६ विश्वविद्यालयमा नियुक्तिबारे नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायत सहभागी थिए ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १५:२१