श्रीमतीको संवेदनशील अंगमा अगुल्टो कोच्‍ने पक्राउ

माघ ११, पर्वत । श्रीमतीलाई यातना दिने श्रीमान पक्राउ परेका छन्। श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवाद हुँदा लमही नगरपालिका१ का मेगले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार सोदीको अवस्था गम्भीर रहेको छ। उनको लमही अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। अहिले उनको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ ।आजको अन्नपुर्ण पोष्ट अनलाईनमा खवर छ ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १७:२५