भाइरल लोक गायिका कमला घिमिरे आज पर्वत महोत्सवमा आउँदै

माघ १२, पर्वत । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे अााज पर्वत महोोत्सवमा आउने भएकी छिन् ।
माघ ९ देखि १९ सम्म सदरमुकाम कुश्मा बजारको बडगाउँमा संचालित छैठौ पर्वत महोत्सवमा आफ्नो प्रस्तुती देखाउन बाल गायिका घिमिरे आज पर्वत आउने भएकी हुन् ।
लोक भाकामा सबैसंग दोहोरी गर्न सक्ने क्षमता भएकी घिमिरेले अहिलेसम्म २ वटा लोक दोहोरीमा स्वर दिईसकेकी छिन् ।
आज चर्चित बालकलाकार कमला घिमिरेसहित कुलेन्द्र विक, आरसी पौडेल लगायतका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १६:४५