पिपलटारीमा संचालित शिविरमा ६ सय ७ जनाको मुटु परिक्षण

माघ १२, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ११ पिपलटारीमा संचालित एक दिन निःशुल्क मुटु रोग परिक्षण शिविरमा ६ सय ७ जनाको उपचार गरिएको छ । पुर्णेश्वर माविको स्वर्ण महोत्सवको अवसर पारेर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ६ सय ७ जना व्यक्तिले स्वास्थ्य लाभ लिएका हुन् । जस मध्ये १२ जनाको मुटुको अपरेशन गर्नुपर्ने देखिएको छ । र केहि फलोअपमा बस्नुपर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा निःशुल्क ईको, ईसिजि र निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

विद्यालयका भुतपुर्व विद्यार्थीहरु वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई, वरिष्ठ फिजिसियन डा विधाननिधि पौडेल ,फिजिसियन डा खेमराज भुषाल ,रेडियोलोजिस्ट शर्मा पौडेल लगायतको टिमले विरामीको स्वास्थ्य परिक्षण गरेको थियो । शिबिरको अबसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । सो अबसरमा २३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत र जिल्ला अस्पताल पर्वतले प्राविधिक सहयोग गरेका थिए ।

स्वर्ण महोत्सवको अवसर पारेर संचालन गरिएको शिविरवाट पर्बतका बिभिन्न ठाउँहरुका नागरिकहरुले सेबा लिएका हुन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकाहरुलाई सहज भएको स्बर्ण महोत्सव मुल आयोजक समितिका संयोजक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । त्यस्तै आज माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १७:११