संस्थापन र कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताबीच झडप, दुई घाइते

माघ १३, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको हो ।

घटनामा दुई जना घाइते छन् । घाइते हुनेमा कमल पन्त र लक्ष्मी बोगटी रहेको नेविसंघका नेता विकास भण्डारीले बताए । उनीहरुलाई उपचारका लागि सानेपास्थित स्टार हस्पिटल लगिएको भण्डारीले जनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुगेलगत्तै नयाँ कार्यसमिति गठन गर्दा उमेर हद लागु गर्न माग गर्दै अनशन बसेका विद्यार्थीले नाराबाजी गरेका थिए । उनीहरुले विधान कार्यान्वयन गर भन्दै नारा लगाएका थिए ।

झडप संस्थापन पक्ष र कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताबीच भएको जनाइएको छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १२:०९