बालुवासँगै परालले छोपेको अवस्थामा युवकको शव भेटियो

माघ १४, पर्वत । मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै हत्या गरी फालिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा अन्दाजी २०र२५ वर्ष जस्तो देखिने युवकको शव भेटिएको हो ।
मंगलबार भेटिएका युवकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिए । उनका अनुसार नग्न अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ११:१७