ठानामौला : दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु

माघ १४, पर्वत । पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु भएको छ । फलेबास नगरपालिका वडा नम्बर ८ ठानामौलाका ५५ बर्षिय पुतली बि।कको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
घर नजिक उत्तिसको दाउरा काट्ने क्रममा अचानक मुडा पल्टिएर मुडाले च्याप्दा घाईते भएकी बिकलाई उपचारको लागी जिल्ला अस्पताल पर्बत ल्याउँदा अस्पतालमा चिकिस्सकले सोमबार साझ मृत घोषणा गरेका थिए । बिकको शब जिल्ला अस्पताल पर्बतको शब गृहमा राखीएको र आज पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख श्यामु अर्यालले बताउनुभयो ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ११:२५