नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको छ : मुख्यमन्त्री गुरुङ

माघ १४, पोखरा । नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । लमजुङको दोर्दी गाउँपालिका– ४ नौथर सेरामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दोर्दी गाँउ संगठन कमिटीको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षणको उदघाटन गर्दै त्यस्तो बताएका हुन् ।

उनले विकासको गति बढ्दै गएको र खब केही बर्षमै देखिने गरी विकासका परिणामहरू आउने बताए । उनले भने, ‘पार्टी र सरकारले जनताको इच्छा आकांक्ष अनुसार काम गरेको र जनाताको हितका लागि सक्दो लागि परेर विकासका ढोका खोल्ने काम गरेको हुँदा अबका केही दिनामा नै त्यसको परिणाम सर्वसाधारणले अनुभव गर्ने गरी आउँछ, यसमा ढुक्क हुन र उत्साहित भएका काम गर्नु होला ।’

कार्यकर्तालाई दिर्नेशन दिँदै उनले भने, ‘जनताको घरघरमा पुगी समस्या बुझ्न र समस्या समाधानतर्फ लाग्ने काममा जुट्नु होला ।’ उनले पार्टी, कार्यकर्ताको अवस्था, जीवनशैली, पार्टीको शक्ति, अवसरका बारेमा प्रशिक्षण दिएका थिए ।

नेकपा दोर्दी गाँउ संगठन कमिटीका अध्यक्ष युवराज अधिकारीको अध्यक्षता भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, पार्टी जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य मधु अधिकारी, पार्टी जिल्ला सचिव एवं गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य फुलबहादुर थापा, नेकपा जिल्ला सदस्य कृष्णप्रसाद अधिकारी, बेसीशहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दीलबहादुर घलेलगायत डेढ सयको उपस्थिति थियो । नेकपा दोर्दी गाउँ संगठन कमिटीका सचिवालय सदस्य राममाया थापाले स्वागत गरेको प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिव अम्बिका मरहट्ठाले गरेकी थिइन् । साभार : राजधानी दैनिकवाट

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ११:५५