संसद्‍ले एमसीसी पारित गर्नुछ, यसका बारेमा म पछि विस्तारमा भन्‍नेछु : प्रधानमन्त्री ओली

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् । सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संघीय संसद्को प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएकोमा सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

उनले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।साभार : कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १२:२२