पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा स्याङजाका रेग्मी

घ १४, काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतमा स्याङ्जाका धनन्जय रेग्मी नियुक्त भएका छन् । बोर्डको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

अधिकृतका लागि आवेदन दिएका १७ जनाबाट रेग्मी छानिएका हुन्। हिमनदीविज्ञ रेग्मीले जापानबाट हिमनदी र हिमाली बस्तीमा विध्यावारिधि गरेका छन्।दिपक जोशीको कार्यकाल सकिएपछि बोर्डको कार्यकारी अधिकृत खाली भएको थियो। नयाँ अधिकृत नियुक्तिका लागि बोर्डले आवेदन माग गरेको थियो। साभार ः कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १२:५१