यस कारण प्रदेश २ की राज्यमन्त्री झाले  दिइन् राजीनामा

माघ १४, पर्वत । प्रदेश २ की राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत,पदीय मर्यादाको प्रतिष्ठा जोगाउनका लागि भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् ।

राजपाको संसदीय दल मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई झालेबुझाएको राजीनामा पत्रमा राज्यमन्त्री पदको मर्यादा र प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्‍नो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेकी छन्।

झाले राजपा संसदीय दलका नेता एवम् प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी हुन् । राजपाबाट समानुपातिक सांसद झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिला झाकी श्रीमती हुन् ।आजको कान्तिपुर अनलाईन संस्कारणमा खवर छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १५:३८