बर्दियामा किन गोली चल्यो, प्रहरी जवान घाइते

माघ १४, पर्वत । बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको गोली पड्किएर प्रहरी जवान गंगाराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी गर्दा प्रहरी जवान चौधरीले बोकेको बन्दुक पड्किएको बास्तोला बताए। पक्राउ परेकाको साथबाट पर्चा तथा हतियार फेला पारेको उनले जानकारी दिए ।अन्नपूर्णपोष्टवाट

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १५:५२