बिचौलियाको जालोमा कृषि मन्त्री : उखु किसानको भुक्तानीबारे मौन

माघ १४, पर्वत । कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसाल उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाएको बारे मौन रहेका छन् । मंगलबार मन्त्रालयमा सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले उखु किसान र गरिमा धान पीडितबारे राखेको जिज्ञासामा पछि जवाफ दिने बताए ।

सञ्चारकर्मीले उखु किसानले भुक्तानी नपाएको र गरिमा धान पीडितका विषयमा जिज्ञासा राख्दा मन्त्री भुसालले सुझावका रुपमा लिएको बताउँदै अहिले आफूले बुझिरहेको र पछि जवाफ दिने बताएका हुन् । ‘तपाईहरुले उठाएका प्रश्न दफावार टिपेको छु’ उनले भने, ‘कुनै दिन यसरी नै बसेर जवाफ दिने छु । यो कबुल गर्छु ।’ साभार – नयाँपत्रिकावाट

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १६:२८