कुवामा डुबेर खानीगाउँका एक युवाको मुत्यु

माघ १५, फलेवास । पर्वत । पर्वत फलेबास नगरपालिकाका–५ खानीगाउँका ४० बर्षिय भिम चापागाईको कुवामा डुबेर मृत्यु भएको छ । कुवामा डुबेपछि बेहोस बनेका चापागाईको उपचारको क्रममा ज्यान गएको हो । स्याङजा जिल्लाको आधिखोला गाउँपालिका–६ पातीखोलामा कुवामा डुबेको अबस्थामा बुधबार अपराहन्न फेला परेका चापागाईलाई उपचारका क्रममा स्याङ्गजा अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

पातीखोलाका होमनाथ ढकालको घरमा गएका चापार्गाले बिहान नुहाउन जान्छु भनि गएकोमा लामो समय सम्म नफर्केपछि खोजी गर्दा कुवामा डुबेको अबस्थामा फेला परेका थिए । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरीको भनाई छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १६:२३