तरुण दल फलेवास संगठन विस्तार अभियानमा

माघ १५, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल फलेवास नगर कार्य समितिले नगरका सवै वडामा संगठन विस्तार गर्ने भएको छ । नगरका सभापति दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकले नगरका सवै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

तरुण दलले फागुन ७ गतेदेखी २५ गतेसम्म सवै वडामा समिति गठन गर्ने जनाएको छ । ‘अब हाम्रो काम भनेको संगठन विस्तार गर्ने हो ।’ अध्यक्ष लामिछानेले भने,‘अब नगरका ११ वटै वडामा संगठन विस्तार गर्ने प्रक्रिया अघि बढाएकाछौँ ।’ फलेवास तरुण दललाई सक्रिय बनाउन संगठन विस्तार अभियानले थप सहयोग पु¥याउने उनको भनाई छ । त्यस्तै तरुण दलले फलेवास नगरपालिकामा भएका अनियमिताका विषयमा समेत पार्टी सँग सहकार्य गरेर आवाज उठाउने जनाएको छ ।

उक्त बैठककमा तरुण दलका फलेवास नगर समितिका उपाध्याक्ष अच्चुतकृष्ण श्रेष्ठ, अर्का उपाध्याक्ष सरोज खनाल, सचिव भानुप्रकाश थापा, नेपाल दलित संघ पर्वतका सभापति याम परियार, शिव, नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिका अध्यक्ष सन्तोष पाठक, नेपाल तरुण दल खानीगाउँका अध्यक्ष निर्मल नेपाली लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १६:३५