अपराधिक समूह र प्रहरीबीच गोली हानाहान

माघ १५, पर्वत । प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ ।मंगलबार राती साढे १२ बजे रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा अपराधिक समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन् । भारतको मोतिहारी जिल्ला बारफरीद ग्राम पन्चायत ६ का २१ वर्षीय चाँदअली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अपराधिक समूहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफीफायर गर्दा एकजना घाइते भएको बताइएको हो।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:३५