माघ १५, काठमाडौँ । सामाजिक सञ्जालहरुमा चीनको वुहानमा नयाँ अस्पतालको निर्माण कार्य तीव्र भइरहेको भिडियो तथा तस्वीर भाइरल बनेलगत्तै त्यहाँको सरकारी सञ्चार माध्यम र अधिकारीहरुले भर्खरै बनाइएको अस्पतालको तस्वीर प्रसार गरेका थिए ।
तर त्यो तस्वीर छिङतावोमा रहेको एक मोडुलर अपार्टमेन्टभवनको भएको र त्यहाँको सरकारले झुठो खबर फैलाएको बताइएको छ ।

गत हप्ता चीनले ५र ६ दिनमै भाइरस संक्रमित उपचार गर्न १६ सय्याको अस्पताल बनाउने बताएको थियो ।
मध्य चीनको हुपेई प्रान्तको वुहानमा निर्माणाधीन हुओशेन्शान अस्पतालको मंगलवार जनवरी २८ मा आकाशबाट खिचिएको तस्वीर (माथि) ।
चिनियाँ अधिकारीहरुले अस्पताल भनेर अपार्टमेन्टको फोटो देखाएको भन्दै विदेशी सञ्चार माध्यमहरुमा छापिएको अर्को तस्वीर (तल) । साभार –आर्थिक अभियानवाट
