गायक युवराज भुषालको नयाँ गित ‘के पिर प¥यो बैनी’ बजारमा आउँदै

माघ १५, पर्वत । लामो समयदेखी सांगितिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा सर्जक युवराज भुषालको नयाँ गित बजारमा आउने भएको छ । भुषालको ‘के पिर प¥यो बैनी’ बोलको गित बजारमा आउन लागेको हो । गायक भुषालको शव्दसंगित र स्वरमा आउन लागेको गितमा लक्ष्मी न्यौपानेले साथ दिएकी छन् । कुनै समय निकै चर्चित मानिएकी गायिका न्यौपानेलाई उक्त गितले स्थापित गर्ने धेरैले आँकलन गरेका छन् ।

गितको संगित संयोजक गायक बिमलराज क्षेत्रीले गरेका हुन् । म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोको अभिनयमा भट्टलाई चर्चित नायक आयुष्मा कार्कीले साथ दिएकी छन् । भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।
पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा जन्मिएका भुषालले सोही गाउँमा गितको छाँयाकन गरेका छन्् । बिहादी गाउँपालिकाको पर्यटकिय गन्तव्य गन्तव्यलाई क्यामरामा कैद गरिएको छ । गितको छाँयाकन राजेश घिमिरले गर्नुभएको छ । ड्रोन क्यामरावाट कैद गरिएको उक्त दृश्यले बिहादीको पर्यटन क्षेत्रलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।

भुषालले गीत सार्वजानिक अगडी गण्डकी संचारसँग कुराकानी गदै अघिल्ला गीतमा भन्दा फरक स्वाद दिने प्रयास गरेको बताए । उनले भने,‘यो गित अघिल्ला गीतभन्दा फरक छ, दर्शक र स्रोताले केही नयाँ स्वाद दिने कोसिश गरेको छु । आशा छ, उक्त गितलाई सबैले मनपराउनु हुन्छ ।’

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १६:२४