माघ १५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्यहरुले एमसीसी संसदबाट पारित गर्नुअघि पार्टीभित्र विज्ञ सम्मिलित कार्यदल बनाएर सबैका चासो र आशंकाहरुलाई सम्बोधन गर्न मुख्य नेतृत्वलाई सुझाव दिएका छन् । एमसीसी पारित गर्नै हुन्न भन्ने मत पार्टीभित्र झिनोरुपमा देखिएको छ ।
नेकपाको बैठकमा देखिएको वैचारिक बहसबारे चर्चा गर्नुपूर्व पेरिसडाँडा, धुम्बाराही र सभागृहसमेत तीन स्थानमा बाँडिएर छलफलमा सहभागी १५ वटा टोलीका विषयमा चर्चा गरौं ।
पूर्वएमाले विभाजित हुँदा पूर्वमाओवादीलाई फाइदा
राजनीतिक र संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले २९ जना सदस्य बराबर एक समूह गठन गरी जम्मा १५ वटा समूहमा विहीबार छलफल गरायो ।
१५ मध्ये १४ वटा समूहले विहीबार टोली नेताहरु चयन गरे पनि १० नम्बर समूहले शुक्रबार मात्र नेता चयन गर्ने भएको छ । विवादले गर्दा नभएर सहमतिमै नेता चयन शुक्रबार गर्ने भनिएको टोलीमा रहेका केन्द्रीय सदस्य माधव ढुंगेलले अनलाइनखबरलाई बताए ।
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १६:३३