रुखबाट लड्दा एक महिलाको मृत्यु

माघ १७, पर्वत । रुखबाट लडेर गोरखा नगरपालिका–१३ याङकोटकी ३७ वर्षीया विष्णु विकको बिहीबार ज्यान गएको छ ।

घाँस काट्ने क्रममा रुखबाट चिप्लिएर ढंगामा बजारिँदा विक अचेत भएकी थिइन् । उपचारका लागि गोरखा अस्पताल ल्याएपछि विकलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी वासुदेव खतिवडाले बताए ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०२:००